हेटौंडा–१५ मा पशुपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत २५ किसानलाई पाडापाडी वितरण

हेटौंडा–१५ मा पशुपालन

हेटौंडा । बागमती प्रदेश सरकार र स्थानीय सुरेशिखर कृषि सहकारी संस्थाको सहकार्यमा हेटौंडा–१५, चुरीयामाईमा सञ्चालन गरिएको पशुपालन (पाडापाडी) प्रवर्द्धन कार्यक्रमअन्तर्गत २५ जना किसानलाई पाडापाडी वितरण गरिएको छ।

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, वडा नं. १५ का वडा अध्यक्ष सुनिल मोक्तानसहितको टोलीले कार्यक्रम स्थलमा पुगेर वितरण कार्यक्रमको अवलोकन गरेका थिए।

उक्त कार्यक्रमको पहिलो चरणअन्तर्गत सहकारी संस्थामार्फत हुर्काइएका पाडापाडीहरू किसानहरूलाई हस्तान्तरण गरिएको हो। उपमहानगरपालिकाले किसानको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले पाडापाडी वितरण कार्यक्रम सञ्चालन गरेको जनाइएको छ।

नगर प्रमुख लामाले स्थानीय उत्पादन र आत्मनिर्भरता अभिवृद्धिमा यस्ता कार्यक्रमले दीर्घकालीन लाभ पुर्याउने बताइन्। वडा अध्यक्ष मोक्तानले पनि सहकारी र सरकारी साझेदारीमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएका छन्।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.