प्रदेशस्तरीय समाचार लेखन प्रतियोगितामा हेटौँडाकी सुनिता प्रथम

मकवानपुर । बागमती प्रदेश स्तरीय समाचार लेखन प्रतियोगितामा हेटौँडाकी सुनिता विष्ट प्रथम भएकी छिन् । प्रतियोगितामा काठमाडौँकी सरस्वती अधिकारी द्वितीय ,हेटौँडाकी स्मिता अर्जेल तृतीय र काभ्रेकी सुनिता सापकोटाले सान्त्वना स्थान प्राप्त गरेको नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिए ।

सरस्वती अधिकारी

कार्यक्रम बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र सञ्चारिका समूह बागमती प्रदेशको संयोजनमा सम्पन्न भएको हो। खोज मूलक पत्रकारिताका लागि महिला पत्रकारहरुलाई विद्वतवृत्ति गर्ने कार्यक्रम अन्तर्गत मंगलबार प्रतियोगिता आयोजना गरिएको थियो ।

स्मिता अर्जेल

प्रतियोगितामा उत्कृष्ट २० प्रतियोगीमध्ये १३ जिल्लाका १७ जनाको सहभागीता रहेको थियो । यसअघि खोज मूलक पत्रकारिताका लागि महिला पत्रकारहरुलाई विद्वतवृत्ति कार्यक्रम अन्तर्गत २९ जनाले लेख तथा समाचार पठाएका थिए । जसमा उत्कृष्ट २० जनालाई छनौट गरेर प्रतियोगितामा सहभागी गराएको हो । मन्त्रालयले बुधबार प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरूको नाम सार्वजनिक गरेपछि प्रदेश सरकारको विशेष समारोहमा क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित पुरस्कृत गरिने जनाएको छ ।

सुनिता सापकोटा

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.