मकवानपुर, ६ साउन । टिकटक स्टार आयुश सिंह ठकुरीको नयाँ म्युजिक भिडियो यतिखेर चर्चाको शिखरमा छ । ‘आयुजेह’ शिर्षकको उक्त गीत यतिखेर युट्युब म्युजिक ट्रेण्डिङको दोस्रो स्थानमा पुगेको हो । यो सामग्री तयार पार्दाको समयमा यो म्युजिक भिडियोलाई १९ लाख ९१ हजारभन्दा बढी पटक हेरिसकिएको छ ।
गीतमा आयुशकै शब्द र अभिनय पनि छ । उनलाई म्युजिक भिडियोमा पाकिस्तानी चर्चित हेन्ना आर्टिष्ट तथा टिकटक स्टार अलिजेह जमालीले साथ दिएकी छिन् । उनी केही समयअघि नेपालमा आएर आयुशसँगै नेपालको पर्यटकिय क्षेत्रहरुमा समेत पुगेकी थिईन् । पछिल्लो समय अलिजेहसँगको प्रेमप्रसँगका कारण आयुश थप चर्चामा छन् । चर्चाको शिखरमा रहेको यो जोडीको म्युजिक भिडियोले पनि दर्शकहरुको उत्तिकै माया पाउन सफल भएको हो ।
आयुशकै आवाज रहेको गीतलाई वशनत बुढाथोकीले सँगीत भरेका छन् । गीतलाई सलोन रम्तेलले एरेञ्ज गरेका हुन् । म्युजिक भिडियोलाई सक्षम श्रेष्ठले निर्देशन तथा सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो रिपोर्ट–