धेरैको रोजाईमा गायक प्रमोद खरेल

मकवानपुर, ५ असोज । द भोईस अफ नेपाल सिजन ५ मा ४ जना कोचहरुले प्रतियोगीहरुलाई कोच गर्दैछन् । चर्चित गायक उदय सोताङ, राजेश पायल राई, प्रमोद खरेल र मिलन नेवारले शोको ब्लाईण्ड अडिसनमा सहभागी हुने एक सय ५० भन्दा बढी प्रतियोगीहरुलाई कोच गर्दै सिजन ५ को उपाधिका लागि तयार पार्नेछन् । यसैबिच हामीले मुर्चुङ्गा टिभीको युट्युब पोष्टमा ४ जना कोचमध्ये कुन कोच सबैभन्दा मनपर्छ भनेर पोलिङ गरेका थियौँ जसमा धेरै दर्शकहरुले गायक प्रमोद खरेललाई भोट गरेका छन् । पोलिङमा भोट गरेका दर्शकहरुको रोजाईमा कुन कोचले कति प्रतिशत भोट प्राप्त गरेका छन् त ? हामी तपाईलाई जानकारी गराउँदैछौँ ।

यो पोलिङमा १ हजार ६ सयभन्दा बढी दर्शकहरुले सहभागिता जनाएका थिए । उनीहरुमध्ये सबैभन्दा बढी दर्शकहरुले गायक प्रमोद खरेल आफुलाई मनपर्ने कोच भएको भन्दै भोट गरेका थिए । उनले ४ जना कोचमध्ये सबैभन्दा बढी ५९ प्रतिशत भोट प्राप्त गरेका छन् । त्यस्तै दोस्रो स्थानमा गायक राजेश पायल राई रहेका छन् । उनलाई भोटमा सहभागी दर्शकहरुमध्ये १६ प्रतिशतले भोट गरेका छन् । तेस्रो स्थानमा शोका नयाँ कोच गायक उदय सोताङ रहेका छन् । उनलाई दर्शकहरुले १४ प्रतिशत भोट प्रदान गरेका छन् । त्यस्तै चौथो स्थानमा गायिका मिलन नेवार रहेकी छिन् । उनलाई दर्शकहरुले ११ प्रतिशत भोट दिएका छन् । हेर्नुहोस् भिडियो–

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.