Murchunga TV

हेटौंडामा लागूऔषधसहित ७ जना पक्राउ

हेटौंडामा लागूऔषध

हेटौंडा । मकवानपुरको हेटौंडा क्षेत्रमा लागूऔषध कारोबार भईरहेको विशेष सूचनाको आधारमा प्रहरीले ६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत प्रहरी कार्यालयहरूको संयुक्त टोलीले साउन २ गते र ३ गते विभिन्न स्थानमा छापा मार्दै अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं. १ बस्ने २० वर्षीय युवक, वडा नं. ५ सानोपोखराबाट २० वर्षीय युवक, भीमफेदी गाउँपालिका वडा नं. २ कालिकाटारकी १९ वर्षीया युवती, मकवानपुरगढी गाउँपालिका वडा नं. २ बाँसपानीकी १९ वर्षीया युवती रहेका छन्। उनीहरूको साथबाट २ ग्राम २१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

त्यस्तै, हेटौंडा- १५ स्थित रातोमाटे चेकपोइन्टबाट मोटरसाइकल (ना ३७ प ६४४९) सहित पर्साको पोखरिया नगरपालिका वडा नं. १ बनकटवा घर भई हाल हेटौंडा बसोबास गर्ने २७ वर्षीय युवक पक्राउ परेका छन्। उनको साथबाट २ ग्राम ९१० मिलिग्राम लागूऔषध बरामद गरिएको छ।

साथै, सप्तरीका दुई व्यक्ति— सम्भुनाथ नगरपालिका वडा नं. ६ घर भई हाल हेटौंडा वडा नं. ९ लामसुरे बस्ने ३६ वर्षीय पुरुष र राजगढ गाउँपालिका वडा नं. २ बनैनिया घर भई हाल हेटौंडा वडा नं. १० बस्ने ३६ वर्षीय पुरुषको साथबाट क्रमशः १ ग्राम २८० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूमाथि मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।

Facebook Comments Box

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.